कार्यान्वयन र संघीयता स्थापित गर्न प्रदेश सरकार सफल: मुख्यमन्त्री भट्ट | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

कार्यान्वयन र संघीयता स्थापित गर्न प्रदेश सरकार सफल: मुख्यमन्त्री भट्ट

trilochan bhatta

काठमाडौं, ६ फागुन । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले संविधान कार्यान्वयन र संघीयता स्थापित गर्न प्रदेश सरकार सफल भएको बताएका छन् ।

प्रदेश सरकार गठन भएको एक वर्ष पुगेको अवसरमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले जन अपेक्षा अनुसार सरकारले काम गर्न नसकेको बताएका छन् । धनगढीमा पत्रकार सम्मेलन गरी मुख्यमन्त्री भटृले, जनअपेक्षा अनुरुप काम गर्न नसके पनि प्रदेश सरकारको एक वर्ष सन्तोष जनक रहेको बताएका हुन् । उनले संविधान कार्यान्वयन र संघीयता स्थापित गर्ने क्रममा प्रदेशको नामाकरण र राजधानी तोक्नु पनि प्रदेश सरकारको उपलव्धी भएको बताए ।

मुख्यमन्त्री भट्टले आवश्यक कानुन र संरचनाहरु बनिसकेकोले कर्मचारी समायोजनपछि प्रदेश सरकारको कामले तिब्रता लिने विश्वास व्यक्त गरेका छन् । गोदाबरीलाई राजधानी तोकिनुलाई प्रदेश सरकारले आफ्नो उपलव्धी ठाने पनि राजधानीको विवाद अझै सेलाएको छैन ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);