स्ववियुद्वारा उपकुलपतिको कार्यालय घेराउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

स्ववियुद्वारा उपकुलपतिको कार्यालय घेराउ

AKHIL KRANTRIKARI

काठमाडौं, ६ फागुन । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को विद्यार्थी संगठनले त्रिभुवन विश्वविद्यालयका उपकुलपतिको कार्यालय घेराउ गरेको छन् ।

स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको माग गर्दै अखिल र अखिल (क्रान्तिकारी)ले संयुक्तरुपमा सोमबार नाराबाजी सहित कार्यालय घेराउ गरेका हुन् ।

कार्यालय नै घेराउ गरेपछि रजिस्टारले विद्यार्थीहरुलाई सम्बोधन गर्दै छिट्टै निर्वाचन गर्ने प्रतिबद्धता जनाएको अखिलका नेता आरसी लामिछानेले बताए ।

सत्तारुढ विद्यार्थीहरुले भने नेपाल विद्यार्थी संघको आन्तरिक किचलोका कारण स्ववियु निर्वाचन टार्ने चलखेल भएको आरोप लगाएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);