कांग्रेसले भन्यो : बयलगाडा चढेर सगरमाथा चढ्न सकिन्न | ईमाउण्टेन समाचार

Our Network

वैशाख २० २०८१, बिहीबार

कांग्रेसले भन्यो : बयलगाडा चढेर सगरमाथा चढ्न सकिन्न

bishwa-prakash

काठमाडौं, ६ फागुन । सरकारको एक वर्ष कार्यकाल मूल्यांकन गर्दै प्रमुख प्रतिपक्षी दल कांग्रेसले ‘प्रधानमन्त्री केपी शर्मा अ‍ोली बयलगाडा चढेर सगरमाथा चढ्न लागेको टिप्पणी गरेको छ । सरकार आर्थिक समृद्धि, शान्ति सुरक्षा र सुशासनको दिशामा असफल रहेको उसको दाबी छ ।

सरकारका कामबारे प्रतिपक्षको धारणा सार्वजनिक गर्न आइतबार आयोजित पत्रकार सम्मेलनमा पार्टी प्रवक्ता विश्वप्रकास शर्माले सर्वसाधरणले दुई तिहाईको सरकार देखे पनि प्रतिफल देख्न नपाएको निष्कर्ष सुनाए । ‘बलियो सरकार भएका बेला मुलुकमा भ्रष्टाचार नियन्त्रण हुने, लगानीका अवसर बढ्ने, बाह्य लगानीकर्ता आकर्षित हुने, भरपर्दो शान्तिसुरक्षा कायम भई लगानीकताए ढुक्कले आयने पूर्वानुमान र आमअपेक्षा यो वर्ष दिनमा खण्डित भएको छ,’ उनले भने ।

कांग्रेस आर्थि सुचाकंका विवरणसमेत प्रस्तुत गरेको थियो । ‘व्यवस्थित अर्थतन्त्रको महत्वपूर्ण मानक राजस्वको आकार बढ्ने र पुँजीमा खर्च समयमै प्रभावकारी रुपले हुने कोणमा निर्भर हुन्छ,’ कांग्रेसले भनेको छ, ‘तर बलियो सरकार भनिए पनि पुँजीगत खर्च माघ मध्यम आइपुग्दा केबल २२/८७ प्रतिशत मात्रै छ ।’ यो समाचार कान्तिपुरमा प्रकाशित छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);