प्रदेश–३ का मुख्यमन्त्री डोरमणि पौडेल कतार प्रस्थान गर्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

प्रदेश–३ का मुख्यमन्त्री डोरमणि पौडेल कतार प्रस्थान गर्दै

dormani poudel

काठमाडौं, ९ मंसिर । प्रदेश–३ का मुख्यमन्त्री डोरमणि पौडेल कतारमा हुने ‘वन बेल्ट वन रोड’ शिखर सम्मेलनमा सहभागी हुन आइतवार राती त्यसतर्फ प्रस्थान गर्दै छन् । कतारका अर्थमन्त्री अहमद विन जसिम विन मोहमद अल्थानीको निमन्त्रणामा मुख्यमन्त्री पौडेल ४ दिने भ्रमणका लागि त्यसतर्फ प्रस्थान गर्न लागेका हुन् ।

मन्त्रीसंगै प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण नेपाल पनि जाँदै छन् । कतार र चीनको राजनीतिक सम्बन्ध स्थापना भएको ३० औं बर्षको अवसरमा आयोजित कार्यक्रममा नेपालको तर्फबाट प्रतिनिधित्व गर्नका लागि मुख्यमन्त्री पौडेलको टोली त्यसतर्फ जान लागेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।

सम्मेलनमा सांस्कृतिक संचार, आर्थिक र व्यापार सहयोग कसरी बढाउने भन्ने विषयमा छलफल हुने बताईएको छ । सम्मेलनमा कतार, बेलायत, दक्षिण अफ्रीका, टर्की, ओमान, कुवेत, नेपाल, लाओस, स्पेन, सिंगापुरलगायतका प्रतिनिधिहरु सहभागी हुने जनाईएको छ । मुख्यमन्त्री पौडेल १३ गते स्वदेश फर्कने कार्यक्रम छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);