विश्वविद्यालयको विवादमा मुख्यमन्त्रीको हस्तक्षेप | ईमाउण्टेन समाचार

Our Network

जेठ १५ २०८१, मंगलबार

काठमाडौं, १० असार । त्रिभुवन विश्वविद्यालय अन्तर्गतको वन विज्ञान अध्ययन संस्थानको लामो समयदेखिको अवरोधलाई पन्छाउँदै हेटौंडामा कृषि तथा वन विश्वविद्यालयले सुविधा सम्पन्न भवन निर्माण सुरु गरेको छ । कृषि तथा वन विश्वविद्यालयले स्थापना भएको आठ वर्षपछि करिब १० करोडको लागतमा सुविधा सम्पन्न पाँच तल्ले शैक्षिक भवन निर्माणको काम अघि बढाइएको हो ।

सोमबार प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले भवनको शिलान्यास गरेका छन् । त्रिविअन्तर्गतको वन विज्ञान अध्ययन संस्थान र २०६७ सालमा स्थापना भएको कृषि तथा वन विश्वविद्यालयबीच लामो समयदेखि जग्गाको स्वामित्वको विवाद रहेको थियो । भवन तथा अन्य संरचना बनाउन त्रिविले पटकपटक रोक लगाउँदै आएको थियो । दुई विश्वविद्यालयको विवादका कारण ठेक्का भई सम्झौतासमेत भइसकेको अवस्थामा भवन निर्माण नै प्रभावित हुने भएपछि प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेल आफैंले हस्तक्षेप गरी भवन निर्माण थालेका हुन् ।

शैक्षिक भवनको शिलान्यासपछि बोल्दै मुख्यमन्त्री पौडेलले शिक्षाको विकासमा कसैले अवरोध गर्न नहुने बताए । संरचना निर्माण गर्दा भोलि सबैको लागि फाइदा हुने भन्दै उनले विकासको काममा पक्ष विपक्षमा विभाजित हुन नहुने धारणा राखे । वन विज्ञान अध्ययन संस्थानले गरिरहेको अवरोधको प्रसङ्ग निकाल्दै उनले सरकारी काममा सरकारी पक्षकै हस्तक्षेप तथा अवरोध हुनु दुखद् भएको बताए । यो समाचार आजको कारोबार दैनिकमा लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);