वाईडवडी खरिदमा चरम भ्रष्टाचार भएको भन्दै कंसाकारमाथि खनिए सांसद | ईमाउण्टेन समाचार

Our Network

वैशाख २८ २०८१, शुक्रबार

वाईडवडी खरिदमा चरम भ्रष्टाचार भएको भन्दै कंसाकारमाथि खनिए सांसद

काठमाडौं, ९ मंसिर । वाईडवडी खरिदमा चरम भ्रष्टाचार भएको भन्दै सांसदहरु नेपाल वायुसेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारमाथि खनिएका छन् ।

प्र्रतिनिधीसभा अन्र्तगतको सार्वजनिक लेखा समितिको आईतबारको बैठकमा वाईडवडी खरिद गर्दा सिधै उत्पादकसंग नगरेर विचौलिया कम्पनीसंग गरिएको, विमान खरिद प्रस्तावमा उल्लेख गरिएको प्रावधान विपरित खरिद गरिएको भन्दै सांसदहरुले महाप्रबन्धक कंसाकारमाथि आक्रोश पोखेका हुन् ।

महाप्रबन्धक कंसाकारले आफुले राम्रो काम गर्दै आएको र सर्वोच्च अदालतले पनि सफाई दिएको अभिव्यक्ति दिएपछि सदस्यहरु आक्रोशित बनेका हुन् । विमान खरिदमा भ्रष्टाचार गरेर निगमलाई धरासायी बनाउने काममा संलग्न भएको भन्दै सोही विषयमा छलफल चलिरहदा उनले आफुलाई अब्बल दर्जाको भन्दै बैठकमा प्रस्तुत भएपछि यो विषय थप आलोचक बनेको हो ।

कसले के भने ?
समिति सदस्य प्रेम आलेले सिधै कम्पनीसंग विमान खरिद नगरेर विचौलिया कम्पनीबाट खरिद गर्दै निगमलाई डुबाउने भन्दै कंसाकारप्रति आक्रोश पोखे । आफ्नो पार्टीले सुशासनको नाराबाट दुईतिहाई वहुमत प्राप्त गरेको स्मरण गर्दै उनले निगमभित्रको आर्थिक अनियमितताले जनताको अगाडि मुख देखाउन गाह्रो भएको भन्दै गुनासो गरे । उनले पुरानो जहाज ल्याएर महाप्रबन्धकले जनतालाई झुक्काउने काम गरेको आरोप लगाए ।

समिति सदस्य राजेन्द्र कुमार केसीले निगमलाई भ्रष्टाचारको दलदलमा फसाउनेलाई महाप्रबन्धक हुने अधिकार नभएको भन्दै महाप्रबन्धक कंसाकारप्रति कटाक्ष गरे ।

समिति सदस्य सुर्य पाठकले महालेखापरिक्षकको पचपन्नौ बार्षिक प्रतिवेदनले निगमको वाईडवडी खरिद कानुन सम्मत देखिएन भनेर प्रष्ट लेखेकाले त्यसबारे निगमले चित्तबुझ्दो ढंगले स्पष्ट पार्नुपर्ने माग गरे । निजी कम्पनीका कारण धेरै हल्ला भयो र हामीलाई समस्या पर्यो भन्ने महाप्रबन्धकको भनाईबाट झनै आर्थिक अनियमितताको आंशकामा बल पुगेको उनको तर्क छ ।

समिति सदस्य डाक्टर मिनेन्द्र रिजालले विमान खरिद प्रक्रिया कानुनतः त्रुटी रहित छ छैन ? भन्ने बारेमा आश्वस्त पार्न आग्रह गरे । उनले हाई फ्लाईको विश्वसनियताको पुष्टी के भनी प्रश्न गरे ।

त्यसैगरी समिति सदस्य अमनलाल मोदीले अदालतले सफाई दिएको व्यक्ति हुँ भन्दै निगम भित्रको भ्रष्ट्राचारको ढाकछोप हुन नसक्ने भन्दै आक्रोश पोखे । उनले भने “कहिलेकाही अदालतले सफाई दिन्छ जनताले दिँदैनन् । ” वाईडवडी विमान खरिदमा भएको अरबौ रुपैयाँको घोटालाको कसरी जस्टीफाई गर्नुहुन्छ भनी प्रश्न गरे ।

समिति सदस्य हृदेश त्रिपाठीले महालेखा परीक्षकको बार्षिक प्रतिवेदनमा नै ‘एक हजार उडान घण्टा ननाघेको भनी पुरानो विमान खरिद गर्ने प्रक्रियाद्धारा बोलपत्र आव्हान गरी नयाँ विमान खरिद गर्न गरिएको सम्झौता कानुनसम्मत नभएको’ उल्लेख भएकाले उपसमिति बनाई यस बारेमा छलफल गर्नुपर्ने धारणा राखे । उनले निगमले सरकार ग्यारेण्टी बसेर विमान खरिदका लागि ऋण दिने कम्पनीलाई पनि निगमले डुबाएको भन्दै निगम भित्रका अन्य वेरुजुका विषयमाथि पनि छानविन गरिनुपर्ने बताए ।

अर्का सदस्य धर्मशिला चापागाईले विमान भाडामा ल्याएको कि किनेर ल्याएको हो भनी प्रश्न गरे । उनले विमानको वजन, अन्तरदेशीय व्यापार विस्तार तथा आन्तरिक व्यवस्थापन फितलो भएको भन्दै निगमको कार्यशैली प्रति प्रश्न उठाए ।

छलफल पछि समिति सदस्य अमनलाल मोदी र प्रेम आलेले वहुमतको आधारमा कारवाहीको सिफारिस गर्नुपर्ने अडान लिएपछि केही बेर सभापति र सदस्यहरुबीच मतभेदको स्थिति श्रृजना भएको थियो ।

अधिकांश सदस्यले उपसमिति गठन गरेर विमान खरिद प्रकरणको अध्ययन गर्नुपर्ने तर्क पनि गरेका थिए । तर सभापति भरत शाहले ११ गते दिउसो १२ बजे अर्को बैठक बस्ने गरि कुनै निष्कर्ष विना नै बैठक समापन भएको सुनाउनुभएको थियो ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);