कांग्रेस सांसदद्धारा पर्यटनमन्त्री अधिकारीको राजीनामा माग | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

कांग्रेस सांसदद्धारा पर्यटनमन्त्री अधिकारीको राजीनामा माग

rabindra adhikari

काठमाडौं, २५ पुस ।  नेपाली काँग्रेसले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीको राजीनामा माग गरेको छ । राष्ट्रियसभाको बुधबारको बैठकमा विशेष समयमा बोल्दै नेपाली कांग्रेसका सांसदहरुले वाइडबडी विमान खरिद प्रकरणमा भएको आर्थिक अनियमितताको नैतिक जिम्मेवारी लिदै विभागिय मन्त्रीले राजीनामा दिनुपर्ने माग गरेका हुन् ।

नेपाली कांग्रेसका राष्ट्रियसभा सांसद रमेश जंग रायमाझीले विभागिय मन्त्रीले राजीनामा गरेर भ्रष्टाचार छानविनमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई सघाउनुपर्ने बताए । उनले २ सय ४२ मेट्रिकटन तौलको विमान ल्याउनुपर्नेमा २ सय ३० मेट्रिकटन तौलको मात्रै विमान खरिद गरेर सिधै भ्रष्टाचार गरिएको भन्दै वाइडबडी विमान खरिद प्रकरणमा भएको अनियमितताको सत्य तथ्य छानविनका लागि तत्काल पर्यटनमन्त्री अधिकारीले राजीनामा गर्नुपर्ने माग गरे ।

त्यसैगरी नेपाली कांग्रेसकी सांसद धनकुमारी खतिवडाले सरकारले कानुनी राज्यको खिल्ली उडाएको र कानुनी राज समाप्त पार्ने तर्फ उन्मुख भएको आरोप लगाउनुभयो । उहाँले वाईडवडी विमान खरिद सम्बन्धमा संसदीय उपसमितिले अध्ययन गरिरहेकै समयमा सरकारले छुटै जांच बुझ आयोग गठन गर्नु हतास मनस्थति भएको दावी गरे ।

बैठकमा सत्तारुढ नेकपाका सांसद रामनारायण विडारीले राजपाका सांसद रशेम चौधरीको सपथ सही भएको भन्दै सरकारको बचाउ गरे । थुनामा बसेको मान्छेलाई चुनाव लड्न दिने र अदालतले ठहर नगरेको व्यक्तिलाई अपराधी भन्न नपाईने भनेर संसदले नै कानुन बनाएको बिडारीको भनाई छ ।

त्यसैगरी नेपाली कांग्रेसका सांसद प्रकाश पन्तले प्रधानमन्त्रीसंग सभामुख डराउनुपर्ने कुराले संबैधानिक अंगहरुलाई सरकारले आफ्नो विभाग जस्तो बनाएको प्रमाणित भएको दाबी गरे ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);