स्थानीय जनताविना पशुपति क्षेत्रको बृहत्तर गुरुयोजना बनाउन सकिदैँन : गगन | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

स्थानीय जनताविना पशुपति क्षेत्रको बृहत्तर गुरुयोजना बनाउन सकिदैँन : गगन

gagan thaha

काठमाडौं, २५ पुस । नेपाली काँग्रेसका नेता गगन थापाले स्थानीय जनतासँग घनिभूत छलफल गरेर मात्रै पशुपति क्षेत्रको बृहत्तर गुरुयोजना बनाउन उपयुक्त हुने धारणा राखेका छन् ।

काँग्रेस नेता थापाले स्थानीय जनताको व्यापक सहभागिता र सबै राजनीतिक दलहरुसँग परामर्श गरेर पशुपति क्षेत्रको वृहत्तर गुरुयोजना बनाउन उपयुक्त हुने बताए । उनले पशुपति क्षेत्रको सबै सम्पदाहरुको उचित व्यवस्था गर्न पनि पशुपति क्षेत्र विकास कोषको ध्यानाकर्षण गराए ।

बुधबार पशुपति क्षेत्रको बृहत्तर विकासका लागि गुरुयोजना बनाउने विषयमा आयोजित छलफल कार्यक्रममा उनले नेपालको सनातन धर्मकै पवित्र स्थल रहेको पशुपतिनाथ क्षेत्रको विकासमा आफूले सक्दो सहयोग गर्ने प्रतिवद्धता पनि व्यक्त गरे ।

काँग्रेस नेता थापाले स्थानीय जनताको सहभागिताविना नै पशुपति क्षेत्रको विकास गर्छु भन्ने सोच गलत हुने बताए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);