द्धन्द्धपीडित सुरक्षाकर्मीका परिवारद्धारा राजधानीमा अनिश्चिकालीन धर्ना शुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

द्धन्द्धपीडित सुरक्षाकर्मीका परिवारद्धारा राजधानीमा अनिश्चिकालीन धर्ना शुरु

dawda pidit

काठमाडौं, २५ पुस । द्वन्द्वपीडित सुरक्षाकर्मीका परिवारले आफूहरुसँग भएको सहमति तत्काल कार्यान्वयन गर्न सरकारलाई दवाव दिँदै काठमाडौंमा अनिश्चितकालीन धर्ना सुरु गरेका छन् ।

द्वन्द्वपीडित सुरक्षाकर्मी परिवारका सन्तानलाई निःशुल्क शिक्षा र परिवारका एक जना सदस्यलाई सरकारी नोकरी अनिवार्य उपलब्ध गराउनेलगायतका सहमति कार्यान्वयन गर्न सरकारलाई दवाव दिन पीडित पक्षले बुधबारबाट काठमाडौंको माईतीघर मण्डलामा अनिश्चितकालीन धर्ना दिन सुरु गरेका हुन् । वर्षौंबित्दा पनि आफूहरुसँग गरिएको सहमति कार्यान्वयन गर्ने चासो नदिएपछि सरकारलाई दवाव दिन अनिश्चितकालीन धर्ना कार्यक्रम सुरु गर्नु परेको पीडितहरुको भनाई छ ।

द्वन्द्वपीडित सुरक्षाकर्मी परिवार संस्थाहरुले आफ्ना सन्ततिलाई निःशुल्क शिक्षा दिने, परिवारका एक जना सदस्यलाई सरकारी नोकरीको व्यवस्था गर्नेलगायतका सरकारसँग गरिएको सहमति कार्यान्वयन गर्न दवाव दिँदै आएका छन् अनिश्चितकालीन धर्ना कार्यक्रममा सहभागी भएकाहरुले सरकारले माओवादी द्वन्द्वका बेला सहिद भएका सुरक्षाकर्मीका परिवारलाई राहत दिन समेत विभेद गरेको भन्दै आक्रोश व्यक्त गरेका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);