कर्णाली प्रदेशमा अझै पनि हिउँदै अधिवेशन शुरु भएन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

कर्णाली प्रदेशमा अझै पनि हिउँदै अधिवेशन शुरु भएन

विवश कुमार सेजुवाल

सुर्खेत, २५ पुस । कर्णाली प्रदेश बैठक सकिएको २ महिना भईसक्दा पनि अझै हिउँदै अधिवेशन शुरु भएको छैन । कर्णाली प्रदेश सरकारले बिजनेश दिन नसक्दा हिउँदे अधिवेशन शुरु नभएको हो । संसद शुरु नहुँदा कर्णाली प्रदेशका महत्वपूर्ण कानुन निर्माण र विकासमा बाधा पुगेको प्रदेशसभा सदस्य दिल बन्धु श्रेष्ठले बताए ।

दुई महिना अघि वसेको कर्णाली प्रदेश सभाको पहिलो र दोस्रो बैठकले १७ वटा कानुन पास गरेको थियो । जसमा अधिकांश प्रदेश सभाका पदाधिकारी तथा सदस्यहरुको पारिश्रमिक तथा सुबिधा सम्बन्धी विधेयकहरु छन् ।

विकास निर्माणका धेरै कानुनहरु निर्माण गर्न अझै बाँकी छ । यता कर्णाली प्रदेशका प्रवक्ता विमला केसीले सरकारले आफ्नो गतिमा काम गरिहेको बताए । उनले संसद संञ्चालन गर्ने विषयमा मुख्यमन्त्रीसँग पनि छलफल भईरहेको जानकारी दिए ।

कर्णाली प्रदेश सरकार शुरुमा जुन रुपले क्रियाशिल थियो, त्यस अनुसार सक्रिय नभएको स्थानीयहरुले समेत बताएका छन् । यस वेला नयाँ कानुन निर्माण गर्दै जनचाहाना अनुरुप काम गर्नुपर्नेमा प्रदेश सरकार आफै अल्मिलिएको उनीहरुको भनाई छ । संसद शुरु नहुँदा कर्णाली प्रदेशका संसद समेत काम विहीन भएर बसिरहेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);