सुदूरपश्चिम प्रदेशको हिउँदै अधिवेशन अझै शुरु भएन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

सुदूरपश्चिम प्रदेशको हिउँदै अधिवेशन अझै शुरु भएन

तेज बोहरा

कैलाली, २२ पुस । सुदूरपश्चिम प्रदेश सभाको हिउँदे अधिवेशन अझै अन्योलता देखिएको छ । असोज २३ गते सम्पन्न भएको वर्षे अधिवेशन सकिएको लामो समय सम्म पनि हिउँदे अधिवेशन शुरु हुन सकेको छैन ।

हिउँदे अधिवेशन शुरु नहुँदा प्रदेशको महत्वपुर्ण कानुन समेत बन्न सकेको छैन । जसले प्रदेश सरकाले कार्यविधिकै आधारमा बजेट खर्च गरिरहनु परेको छ । सुदूरपश्चिम प्रदेश सरकारले छलफल तथा कानुन निमार्णका लागि पर्याप्त विधेयक दर्ता नगराएकै कारण हिउँदे अधिवेशनका लागि संसद सुरु हुन नसकेको संसद सचिवालयका सचिव बालाराम शर्माले बताए ।

प्रदेश सभामा हालसम्म एउटा मात्रै विधेयक दर्ता भएको त्यस माथी छलफल गर्दा चाँडै अधिवेशन सकिने र पुनः बिजनेश बिहीन संसद हुने सचिव शर्माको भनाई छ ।

प्रदेश सरकारको मन्त्री परिषदको निर्णयले ३२ वटा विधेयकलाई सहमति दिएको भए पनि त्यसको मस्यौदा पुर्ण रुपमा मन्त्रालयबाट तयार नभएकोले सबै विधेयकहरु प्रदेश सभामा दर्ता नभएको सचिवालय सचिव शर्माको भनाई छ । हालसम्म सुदूरपश्चिम प्रदेशसभा पहिलो अधिवेशन र दोश्रो अधिवेशन गरी कुल ८४ घण्टा मात्रै सभा सञ्चालन भएको छ

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);