विदेशमा एक वर्षमा करिब हजार श्रमिकको मृत्यु, आत्महत्या हत्या गर्नेको संख्या बढ्यो | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

विदेशमा एक वर्षमा करिब हजार श्रमिकको मृत्यु, आत्महत्या हत्या गर्नेको संख्या बढ्यो

yuba baideshik rojgar

काठमाडौं, २६ पुस । वैदेशिक रोजगारीमा गएका नेपालीको मृत्युदर पछिल्ला दिनमा भयावह देखिएको छ ।

अस्वस्थ खानपिन, दुर्घटना र अनुपयुक्त बसाइ मृत्युको प्रमुख कारण मानिएका छन् । पेसागत र पारिवारिक तनावले आत्महत्या दर पनि बढेको छ । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

एक वर्षयता मात्र ८ सय ७८ जनाको र्मत्यु भएको छ । यिनमा ३५ जना महिला छन् । नेपाली दुतावासका अनुसार सबभन्दा बढी मलेसियामा ३ सय २२ जना, साउदी अरबमा १ सय , कतारमा १ सय ४१, यूएकईमा १ सय ३, कुवेतमा ४ दक्षिण कोरियामा एक सय २६, ओमनमा ११ बहराइनमा १०, जोर्डनमा ४ इजराइलमा ३, युगान्डामा र नाइजेरियामा एक÷एक नेपालीको ज्यान गएको छ ।

श्रमिकलाइ पर्याप्त अभिमुखीकरण तालिम नहुँदा कम उमेरमै मृत्युको सिकार हुनुपरेको साउदी अरबका लागि नेपाली राजदूत महेन्द्रसिंह राजपुतल बताए । ‘अभिमुखीकरण तालिम नाउँमा मात्रैको भयो,’ उनले भने, ‘निजी क्षेत्रले जस्तो दिन्छ, त्यसैमा निर्भर छ ।’

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);