द्वन्द्धपीडित सुरक्षाकर्मीका परिवार प्रहरीको नियन्त्रणमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

द्वन्द्धपीडित सुरक्षाकर्मीका परिवार प्रहरीको नियन्त्रणमा

dwanda pidit ka paribar

काठमाडौं, ३० पुस । राजधानीको माईतीघर मण्डलामा अनिश्चितकालीन धर्नामा बसेका द्वन्द्वपीडित सुरक्षाकर्मीका परिवारलाई प्रहरीले सोमबार नियन्त्रणमा लिएको छ । सोमबार बिहान धर्ना स्थलबाट र्‍यालीसहित सिंहदरबारको मूलगेटतर्फ जबरजस्ती अगाडि बढन खोजेपछि अनिश्चतकालीन धर्नामा बसेका द्वन्द्धपीडित सुरक्षाकर्मीका परिवारलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

६ दिनयता धर्नामा बस्दै आएका उनीहरुले सोमबार बिहान सरकारविरुद्ध नाराबाजी लगाउँदै निषेधित क्षेत्र सिंहदरबारको मूलगेटतर्फ अघि बढन खोजेका थिए । त्यसलाई रोक्ने क्रममा प्रर्दशनकारी उत्तेजित भएपछि प्रहरीले एक दर्जन बढिलाई नियन्त्रणमा लिएको हो । न्याय माग्न आएका आफूहरुलाई न्याय दिनुको सट्टा सरकारले प्रहरी लगाएर हटाउने प्रयास गरेको भन्दै प्रर्दशनकारीहरुले आपत्ति जनाएका छन ।

द्वन्द्वपीडित सुरक्षाकर्मीका परिवारले आफ्ना सन्तानलाई निःशुल्क पढाउने व्यवस्था गर्ने तथा परिवारका एक जना सदस्यलाई अनिवार्य सरकारी नोकरी दिनेसहितको विगतमा गरिएको सहमति कार्यान्वयनका लागि सरकारलाई दवाव दिन काठमाडौंमा अनिश्चितकालीन धर्ना दिनेक्रम जारी राखेका हुन ।

उनीहरुले आफूहरुको माग सम्बोधन नभएसम्म सरकारविरुद्ध धर्नासहितका विभिन्न कार्यक्रम जारी राख्ने चेतावनी दिँदै आएका छन । उनीहरु गत बुधवारदेखी धर्नामा बस्दै आएका छन ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);