द्धन्द्धपीडित सुरक्षाकर्मीका परिवारद्वारा लालटिन बालेर प्रर्दशन | ईमाउण्टेन समाचार

Our Network

जेठ २ २०८१, बुधवार

द्धन्द्धपीडित सुरक्षाकर्मीका परिवारद्वारा लालटिन बालेर प्रर्दशन

laltin balera pradarshan

फूलमाया आले
काठमाडौं, १४ माघ । विभिन्न २१ बुद्धे माग राखेर विगत २० दिनदेखि अनिश्चितकालिन रुपमा धर्ना तथा प्रदर्शन गरिरहेका द्धन्द्धपीडित सुरक्षाकर्मीका परिवारले सोमबार बालुवाटरमा लालटिन बालेर प्रर्दशन गरेकाछन् । उनीहरुले सरकारले न्याय दिन नसकेको भन्दै न्याय नपाएसम्म आन्दोलन जारी राख्ने चेतावनी दिएका छन ।

तत्कालीन सशस्त्र द्धन्द्धका क्रममा युद्धरत पक्षबाट पीडित सुरक्षाकर्मीका परिवार तथा घाइतेहरु विभिन्न २१ बुदे माग राखेर विगत २० दिनदेखि माइतीघर मण्डलामा अनिश्चितकालिन धर्ना बसिरहेकाछन् । धर्ना सुरु गरेको २० दिन बितिसक्दा पनि सरकारले माग सम्बोधन गर्न अहिलेसम्म कुनै पहल नगरेपछि सोमबार उनीहरुले बालुवाटारमा लालटिन बालेर धर्ना तथा प्रर्दशन गरेका हुन ।

सरकारले सहिद परिवारलाई लालटिन बालेर खोजेर उचित सम्मान र सुरक्षा दिनुपर्नेमा लामो समयदेखि धर्नामा बस्दा पनि बेवास्ता गरेकोले सरकारलाई लालटिन बालेर आफूहरु यहाँ छौ भनेर देखाउन यस्तो गरिएको पीडितहरुको भनाई छ ।

विगतमा सरकारले गरेको सम्झौता कार्यान्वयन नभएपछि प्रत्येक दिन विभिन्न ठाँउहरुमा बसेर उनीहरु यसरी प्रर्दशन गरिरहेका छन् । सोमबार उनीहरुले बालुवाटार सडमा बसेर आफ्ना माग पुरा गर्न भन्दै सरकारका विरुद्ध नाराबाजी तथा प्रदर्शन गरे ।

लामो समयदेखि पटक पटक धर्ना बस्दा पनि सरकारले आफ्नो माग सम्बोधन गर्न कुनै पहल नगरेको उनीहरुको गुनासो छ । द्घन्द्घका क्रममा आफ्ना श्रीमान गुमाएका एकल महिलाहरु बालबच्चाको हेरचाह गरेर बस्नुपर्ने अवस्थामा यसरी सडकमा धर्ना बस्नु पर्दा निकै दुख लागेको लागेको बताउँछन । देशको सुरक्षा गर्दा गर्दै आफनो परिवारको सदस्य गुमाउँदाको पीडा एकातिर छ भने अर्काेतिर सरकारले आफना माग सम्बोधन नगर्दा निकै दुख लागेको पीडितको भनाई छ ।

आफूहरु पलपल मरेर बाँचेको र यसरी सडकमा आउदा पनि सरकारले आफ्नो माग सम्बोधन नगर्दा पीडा माथि पीडा थपिएको उनीहरुको भनाई छ ।

१० वर्षे सशस्त्र माओवादी द्धन्द्धका क्रममा राज्यका तर्फबाट युद्ध लडदालड्दै तथा तत्कालिन माओवादीले अपहरण गरेर ज्यान गुमाएका सुरक्षाकर्मीका आफन्तले अझै न्याय पाउन सकेका छैनन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);