अनसन तोड्न गोबिन्द केसीलाई शिक्षामन्त्री पोखरेलको पुनः आग्रह | ईमाउण्टेन समाचार

Our Network

जेठ ३ २०८१, बिहीबार

अनसन तोड्न गोबिन्द केसीलाई शिक्षामन्त्री पोखरेलको पुनः आग्रह

sikshya mantri pokhrel

काठमाडौं, १४ माघ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले आमरण अनसन छोड्न डाक्टर गोविन्द केसीलाई पुनः आग्रह गरेका छन् । मन्त्री पोखरेलले संसदले पारित गरेको राष्ट्रिय चिकित्सा शिक्षा विधेयकलाई स्वागत गरेर अघि बढदा नै डाक्टर केसीको सम्मान हुने तर्क गरे ।

राष्ट्रिय सभाको सोमबारको बैठकमा सो विधेयक टेबल गरेपछि उनले विधि प्रक्रिया भित्रै रहेर पारित गराउने पनि स्पष्ट पारे । संसदीय विधि र प्रक्रियामाथि बाधा पार्ने काम डाक्टर केसीले गर्न नहुने उनको भनाई थियो ।

मन्त्री पोखरेलले डाक्टर केसीको मूलभूत मागलाई समेटिएर विधेयक आएको उल्लेख गर्दै त्यसमा केही कमजोरी भए संशोधन गर्दै लैजाने प्रतिवद्धता पनि व्यक्त गरे । उनले डाक्टर केसीको जीवन रक्षाका लागि सरकारले इलामबाट काठमाडौं ल्याएर उपचार गरिरहेको पनि स्पष्ट पारे ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);