चिकित्सा शिक्षा विधेयक सच्याएर पुनः ल्याउन काँग्रेसको ७२ घण्टे अल्टिमेटम | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

चिकित्सा शिक्षा विधेयक सच्याएर पुनः ल्याउन काँग्रेसको ७२ घण्टे अल्टिमेटम

surendra pandey

काठमाडौं, १४ माघ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले राष्ट्रियसभामा टेवल गरिएको ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक’ सच्याएर पुनः ल्याउन सरकारलाई ७२ घण्टे अल्टिमेटम दिएको छ ।

काँग्रेस नेता एवम् राष्ट्रियसभामा प्रमुख प्रतिपक्षी दलका नेता सुरेन्द्रराज पाण्डेले सरकारले ७२ घण्टा भित्र पनि सो विधेयक डाक्टर गोविन्द केसीको माग अनुसार सच्याएर राष्ट्रियसभामा पुनः पेश नगरे संसद बहिष्कार गर्ने चेतावनी दिए। आफ्नो पार्टीको विरोधका बीच राष्ट्रिय सभाको सोमबारको बैठकमा सो विधेयक टेवल गरिएकोमा उनको आपत्ति छ ।

नेता पाण्डेले संघीय संसद भवन परिसरमा संचारकर्मीहरसंग सरकारले बलजफ्ती प्रतिनिधिसभाबाट पारित गरेको सो विधेयक राष्ट्रियसभाबाट पनि पारित गराउन खोजेको भन्दै मान्य नहुने चेतावनी दिए ।

नेपाली कांग्रेसले आफ्नो पार्टीको माग अनुसार पार्टीका नेताहरुको नाममा स्थापना गरिएको २ वटा अस्पताल, केन्द्र सरकारको मातहत राख्ने र डाक्टर गोविन्द केसीको माग सम्बोधन नगरेसम्म संसद र संसदीय प्रक्रियामा सहभागी नहुने चेतावनी दिँदै आएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);