बिहीबार पनि प्रतिनिधिसभाको बैठक चल्न नदिने काँग्रेसको चेतावनी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

बिहीबार पनि प्रतिनिधिसभाको बैठक चल्न नदिने काँग्रेसको चेतावनी

काठमाडौं, १६ माघ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले बिहीबार बोलाइएको प्रतिनिधिसभा बैठकमा पनि अवरोध कायमै राख्ने भएको छ । सभामुख कृष्णबहादुर महराले बुधबार प्रतिनिधिसभा बैठक सूचारु गराउने विषयमा छलफल गर्न बोलाएको कार्य व्यवस्था परामर्श समितिको बैठकमा नेपाली काँग्रेसले यथास्थितिमा प्रतिनिधिसभा बैठक संचालन गर्न नदिने अडान कायमै रहेको जनाएको छ ।

सत्ता पक्षले बलजफ्ती ढंगले पारित गरेको राष्ट्रिय चिकित्सा शिक्षा विधेयक नसच्याएसम्म आफ्नो पार्टीले संसद चल्न नदिने निर्णय लिएको नेपाली काँग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले जानकारी दिए ।

उनले सत्तापक्ष र सभामुखले नागरिक स्वास्थ्यजस्तो गम्भिर विषय समावेश गरिएको सो विधेयक जबर्जस्ती पारित गरेकाले त्यसप्रति आफूहरुको असहमति रहेको पनि स्पष्ट पारे । प्रमुख सचेतक खाँडले सो विधेयक राष्ट्रिय सभाबाट सच्याउन पनि सरकारलाई सचेत गराए । सो विधेयकमा राष्ट्रिय बहसको आवश्यक्ता रहेको प्रमुख सचेतक खाँडको तर्क छ ।

डा. गोविन्द केसीको कतिपय माग विपरित सत्ता पक्षले सो विधेयक प्रतिनिधिसभाबाट पारित गरेकाले पनि आफूहरुले त्यसको विरोध गर्नु परेको काँग्रेसको भनाई छ । बिहीबारबाट प्रतिनिधिसभालाई सुचारु गराउन सभामुख महराले गरेको आग्रहलाई प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसले अस्विकार गरेको प्रतिनिधिसभाकी उपसभामुख डा. शिवमाया तुम्बाहाङफेले जानकारी दिइन् ।

गत माघ ११ गते बसेको प्रतिनिधिसभा बैठकमा प्रमुख प्रतिपक्ष काँग्रेसको अवरोधकाबीच राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित गरिएको थियो । त्यसप्रति नेपाली काँग्रेसको गम्भिर आपत्ति छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);