सरकारले लोकतन्त्रको नाममा लुटतन्त्र मच्चाएको कमल थापाको आरोप | ईमाउण्टेन समाचार

Our Network

असार १० २०८३, बिहीबार

काठमाडौं, १६ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सरकारले लोकतन्त्रको नाममा लुटतन्त्र मच्चाई रहेको आरोप लगाएका छन् । अध्यक्ष थापाले सहिदहरुको बलिदानीपूर्ण संघर्षबाट प्राप्त लोकतन्त्रको अनुभूति जनतालाई दिलाउने गरी काम गर्न नसकेकोभन्दै सरकारको चर्को आलोचना समेत गरेका छन् ।

सहिद दिवसको अवसर पारेर बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सरकारले भ्रष्टाचार नियन्त्रण गर्न नसकेको, शान्ति सुरक्षा कायम गर्न नसकेको, धर्म निरपेक्षताको नाममा सनातन धर्मलाई निषेध गर्न खोजेको भन्दै आपत्ति जनाए । अध्यक्ष थापाले सहिदहरुले देखाएको बाटोबाट मुलुकलाई अघि बढाउन आफ्नो पार्टी सक्षम रहेको दावी गरे ।