सरकारले मुलुकमा लुटतन्त्र मच्चाईरहेको कमल थापाको आरोप | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

सरकारले मुलुकमा लुटतन्त्र मच्चाईरहेको कमल थापाको आरोप

कमल थापा

काठमाडौं, २८ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सरकार आफैंले मुलुकमा लुटतन्त्र मच्चाईरहेको आरोप लगाएका छन् । अध्यक्ष थापाले वाईडबडी विमान खरिद, एनसेल, मेलम्ची खानेपानीमा ठूलो भ्रष्टाचार भएकै बेला प्रधानमन्त्री निवास बालुवाटार वरपरको जग्गा पनि ‘जग्गा दलाल’ले आफ्नो नाममा लिएको समाचार आएको भन्दै आक्रोश व्यक्त गरे ।

हिन्दु राष्ट्र पुनस्र्थापनाको मुख्य मागसहित बिहीबार पनि काठमाडौंमा पार्टीले आयोजना गरेको दवावमूलक कार्यक्रममा बोल्दै उनले आफूहरुको शान्तिपूर्ण आन्दोलनमाथि प्रहरी हस्तक्षेप गरिएको भन्दै सरकारको निन्दा र भर्सना गरे ।

अध्यक्ष थापाले हिन्दुहरुको बाहूल्य रहेको मुलुकलाई हिन्दु राष्ट्र बनाउन गरिएको मागलाई सम्बोधन गर्नुको साटो प्रधानमन्त्री केपी शर्मा ओलीले बेवास्ता गरिरहेको गुनासो पनि समेत गरेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);