प्रमुख तीन दलका कारण मुलुक भ्रष्टाचारमा चुर्लुम्म डुव्यो : कमल थापा | ईमाउण्टेन समाचार

Our Network

असार ९ २०८३, बुधवार

प्रमुख तीन दलका कारण मुलुक भ्रष्टाचारमा चुर्लुम्म डुव्यो : कमल थापा

काठमाडौं, २२ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले तीन ठूला दलको आडमा मुलुक भ्रष्टाचारमा चुर्लुम्म डुबेको आरोप लगाएका छन् ।

अध्यक्ष थापाले ठूला दल र सरकारका मन्त्रीहरुले मिलेर खाने गरेकाले भ्रष्टाचारीहरुलाई कार्वाही गर्ने अवस्था नरहेको बताए । बिहिबारबाट काठमाडौंमा सुरु भएको स्थानीय तहका पार्टीका अध्यक्षहरुको मध्यमाञ्चल स्तरीय क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै उनले भ्रष्टाचारका कारण मुलुक असफल राष्ट्र बन्न लाग्दा समेत तीन ठूला दल गम्भीर नबनेको भन्दै आक्रोश व्यक्त गरे ।

अध्यक्ष थापाले मुलुकमा हिन्दु राष्ट्र कायमै गरेर छाडने दाबी गरे । उनले जनमतकै बलमा हिन्दु राष्ट्र कायम गर्न पार्टीले शान्तिपूर्ण आन्दोलन गरिरहेको जिकिर गरे । अध्यक्ष थापाले मुलुकमा हिन्दु राष्ट्र कायम गराउने अभियान कठिन भएपनि असम्भव नरहेको उल्लेख गरे ।

ताजा समाचार