हिन्दु राष्ट्र पुन:स्थापना नभए मुलुकमा ‘महाभारत युद्ध’ सुरु हुने कमल थापाकाे चेतावनी | ईमाउण्टेन समाचार

Our Network

भदौ १३ २०८३, आइतबार

हिन्दु राष्ट्र पुन:स्थापना नभए मुलुकमा ‘महाभारत युद्ध’ सुरु हुने कमल थापाकाे चेतावनी

kamal thapa

काठमाडौं, १ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले आफ्नो पार्टीको हिन्दु राष्ट्र पुन:स्थापना गर्ने माग सरकारले तत्काल सम्बोधन नगरे मुलुकमा ‘महाभारत युद्ध’ सुरु हुने चेतावनी दिएका छन् ।

शुक्रबार पार्टीको १५ दिने ‘मेची–महाकाली राष्ट्रिय स्वाभिमान यात्रा’ को काठमाडौंमा समापन गर्दै अध्यक्ष थापाले पाँच पाण्डवको माग पूरा नगर्दा महाभारत युद्ध सुरु भएजस्तै आफ्नो पार्टीको माग सरकारले तत्काल पूरा नगरे मुलुकमा अर्को युद्ध सुरु हुने चेतावनी दिए ।

उनले सबै धर्मको सम्मान हुनेगरी ९५ प्रतिशत जनताको आस्थाको धरोहर रहेको हिन्दु राष्ट्र पुन:स्थापना गर्नुको विकल्प नरहेको बताए । उनले केन्द्र र स्थानीय सरकार बलियो बनाउने तर प्रदेश सरकार नहुने गरी संघीयता कायम राख्नुपर्ने पक्षमा आफ्नो पार्टी रहेको पनि स्पष्ट पारे । अध्यक्ष थापाले मुलुकको राष्ट्रिय एकताका लागि राजसंस्थाको आवश्यक्ता अनिवार्य रहेको बताएका छन् ।

ताजा समाचार