कानुन विपरीत गतिविधि गर्ने छुट कसैलाई छैन : महत | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

कानुन विपरीत गतिविधि गर्ने छुट कसैलाई छैन : महत

काठमाडौं, १ चैत । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वअर्थमन्त्री डा. रामशरण महतले नेकपालाई प्रतिबन्ध लगाउनुभन्दा सरकार आतंकवादी गतिबिधि रोक्नेतर्फ लाग्नुपर्ने सुझाव दिएका छन् ।

देशभर आतंकवादी गतिविधि श्रृंङ्खलाबद्ध रुपमा भैरहेको भन्दै नेपाली काँग्रेसका नेता डा. रामशरण महतले, कानुन विपरीत गतिविधि गर्ने छुट कोहि कसैलाई नभएको बताएका छन् ।

बुटवलमा शुक्रबार आयोजित कार्यक्रममा बोल्दै नेता महतले सरकारले प्रतिबन्ध लगाउँदैमा विप्लवका गतिविधि नरोकिने भन्दै वार्ताको माध्यमबाट समाधान खोज्न सरकारलाई सुझाव दिए ।

विप्लव नेकपामाथि प्रतिबन्ध ठिक की बेठिक भन्ने पत्रकारको प्रश्नमा काँग्रेस नेता डा. महतले ‘कानुन विपरीत गतिविधि गर्न कसैलाइ छुट नभएको स्पष्ट पारे । नेता महतले, विकासमा भन्दा सरकारले प्रचारबाजीमा मात्रै समय बिताएको आरोप लगाए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);