संवैधानिक जटिलताका कारण नयाँ सरकार गठनमा ढिलाई : महत | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

संवैधानिक जटिलताका कारण नयाँ सरकार गठनमा ढिलाई : महत

काठमाडौं, २८ पुस । नेपाली कांग्रेसका नेता डाक्टर रामशरण महतले संवैधानिक व्यवस्थामा नै जटिलताहरु भएकाले नयाँ सरकार गठनमा ढिलाई भएको बताएका छन् ।

शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै नेता महतले विश्वमै उत्कृष्ठ संविधान बनाउने भन्दै राखिएका संबैधानिक प्रावधान नै सरकार गठनका बाधक बनेको उनको ठहर छ ।

संविधानमा उल्लेखित प्रावधान र व्यवस्थाका कारण सरकार गठनमा ढिलाई भएकाले कसैलाई दोषारोपण गर्नुको औचित्य नहरेको उनको भनाई थियो ।

नेता महतले सरकारमा बसिरहने सोचमा प्रधानमन्त्री नभएको बताए । यथाशिघ्र प्रदेश प्रमुख र अस्थायी राजधानी तोकेर सत्ता हस्तान्तरण गर्नुपर्छ भन्ने मान्यतामा प्रधानमन्त्री रहेकाले उहाँको नियतमा शंका नगर्न महतले आग्रह गरे ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);