एमालेद्वारा राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवारको मापदण्ड तयार | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

एमालेद्वारा राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवारको मापदण्ड तयार

UML

काठमाडौं, २८ पुस । नेकपा एमालेले राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवारको मापदण्ड र सिफारिस विधि तय गरेको छ । एमाले सचिवालयको शुक्रबार बसेको बैठकले यसअघिका तीन निर्वाचनमा उम्मदेवार भएका कसैले पनि राष्ट्रियसभाका लागि उम्मेदवार बन्न नपाउने गरी मापदण्ड बनाएको छ ।

मापदण्डअनुसार स्थानीय, प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन उम्मेदवार नबनेका तथा समानुपातिक सूचीमा नाम समावेश नभएका व्यक्ति राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवार बन्न योग्य हुने छन् ।

यही मापदण्डका आधारमा माघ ५ गतेभित्र प्रदेश संगठन कमिटीले उम्मदेवारहरुको नाम सिफारिस गर्नुपर्नेछ । सचिवलाय बैठकले केही दिनयता तराई–मधेसमा चलेको शीतलहरबाट ज्यान गुमाउने व्यक्तिहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै तत्काल न्यानो कपडा, दाउरा तथा आवश्यक राहत उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);