राजपाले प्रदेशसभाका सांसदको अन्तिम सूची आइतबार मात्र बुझाउने | ईमाउण्टेन समाचार

Our Network

वैशाख २० २०८१, बिहीबार

राजपाले प्रदेशसभाका सांसदको अन्तिम सूची आइतबार मात्र बुझाउने

rajapa

काठमाडाैं, २८ पुस । राष्ट्रिय जनता पार्टी नेपालले प्रदेशसभाका सांसदको अन्तिम सूची आइतबार मात्र बुझाउने भएको छ ।  यसअघि पुस १४ गते निर्वाचन आयोगमा पठाएको सूचीलाई क्रमसंख्या अनुसार नमिलेको भन्दै आयोगले फिर्ता पठाएपछि त्यसमा केही फेरबदल गरी अर्को सूची बुझाउने राजपाको तयारी थियो ।

तर, नाम फेरबदल गर्दा पार्टीभित्र विवाद उत्पन्न हुने देखिएपछि राजपाले थप छलफल गरी सूची बुझाउने भएको हो । निर्वाचन आयोगले क्रमसंख्याअनुसार सूची नमिलेको भन्दै यसअघि राजपाले लिएर गएको सूची बुझ्न अस्वीकार गरेको थियो । त्यसबारे राजापले कानुनी परामर्श गरेपछि अर्को सूची बझाउने सो पार्टीका नेताहरुले बताएका छन् ।

राष्ट्रिय जनता पार्टीले प्रदेशसभाका सांसदको अन्तिम सूची तय गर्न भन्दै आज पार्टी कार्यालय बबरमहलमा अध्यक्ष मण्डलको बैठक बसेको थियो ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);