प्रदेशसभा सांसदको अन्तिम सूची निर्वाचन आयोगमा बुझाउने राजपाको तयारी | ईमाउण्टेन समाचार

Our Network

असोज ६ २०८३, बुधवार

प्रदेशसभा सांसदको अन्तिम सूची निर्वाचन आयोगमा बुझाउने राजपाको तयारी

rajapa

काठमाडौं, २८ पुस । राष्ट्रिय जनता पार्टीले प्रदेशसभाका सांसदको अन्तिम सूची आज निर्वाचन आयोगमा बुझाउने भएको छ । नाम टुंगो लगाउन अध्यक्ष मण्डलको बैठक जारी छ।

यसअघि पुस १४ गते निर्वाचन आयोगमा पठाएको सूचीलाई क्रमसंख्या अनुसार नमिलेको भन्दै आयोगले फिर्ता पठाएपछि त्यसमा केही फेरबदल गरी अर्को सूची बुझाउन लागिएको नेता रामनरेश रायले जानकारी दिए ।

नयाँ सूचीमा पुरूषतर्फ एकजना र महिलातर्फ तीनजनाको नाम फेरबदल गरिएको अर्का एक नेताले बताए । निर्वाचन आयोगमा अन्तिम सूची बुझाउनुअघि पार्टी कार्यालय बबरमहलमा राजपाका अध्यक्ष मण्डलको बैठक बसिरहेको छ ।

यसअघि हिजो बसेको राजपा अध्यक्ष मण्डलको अनौपचारिक बैठकमा पुरूषतर्फ रामप्रवेश बैठा, महिलातर्फ पुनम यादव, विभा ठाकुर र लैला खातुनको नाम हटाउने विषयमा छलफल भएको थियो ।

उनीहरुको ठाउँमा कसलाई राख्ने भन्ने टुंगो लगाएपछि नयाँ सूची बनाएर राजपाले आयोगमा बुझाउने छ । तर, राजपा अध्यक्ष मण्डलका सदस्यले फेरबदल हुने सम्भावित नाम अहिलेसम्म गोप्य राखेका छन् ।