अन्तीम दिन पनि समानुपातिकको सूची टुँग्याउन दलहरुलाई सकस, दौडधुप जारी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १ २०८१, शनिबार

अन्तीम दिन पनि समानुपातिकको सूची टुँग्याउन दलहरुलाई सकस, दौडधुप जारी

काठमाडौँ, २४ मंसिर । निर्वाचन आयोगले समानुपातिक सांसदको सूची आजसम्म टुंगो लगाउन समयसीमा दिएपछि सबैजासो दलहरू बैठक र छलफलमा जुटेका छन् । आयोगले समानुपातिक संसद्को अन्तिम सूची आज ४ बजेभित्रै पेश गर्न भनेको थियो ।

यही क्रममा एमालेको सचिवालय बैठक एमाले मुख्यालमा बसिरहेको छ भने नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय कमिटीले सबै १३ समानुपातिक सांसदको नाम चयन गरेको छनएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले आजै ४ बजेभित्रै सूची बुझाउने जनाएको छ । उसका अनुसार निर्वाचनअघि बुझाएको बन्द सूचीमा कुनै पनि हेरफेर गरिएको छैन । एमालेले पनि आजै समानुपातिक सांसदको सूची आयोगमा बुझाउने जनाएको छ ।

कांग्रेस केन्द्रीय कार्य सम्पानद समितिको बैठकले समानुपातिक तर्फको ३२ जनाको नाम टुंगाएको जनाएको छ । कांग्रेसले पनि आजै आयोगमा सूची बुझाउने जनाएको छ ।

४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको अन्तिम नतिजा आएपछि आयोगले दलहरूले प्राप्त गरेको समानुपातिक सिट संख्याको अन्तिम सूची आजसम्म बुझाउन निर्देशन दिएको थियो । केही साना दलले यसअघि नै समानुपातिक सूची टुङ्गो लगाइसकेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);