फागुन ७ गते नयाँ सरकार गठन हुन्छ : कानुनमन्त्री थापा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

फागुन ७ गते नयाँ सरकार गठन हुन्छ : कानुनमन्त्री थापा

केही दिन भित्रै प्रधानमन्त्री शेरबहादुर देउवाले पदबाट राजनीति दिने

काठमाडौं, २५ माघ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री यज्ञबहादुर थापाले फागुन ७ गते नयाँ सरकार बन्ने दावी गरेका छन् ।

मन्त्री थापाले राष्ट्रिय सभाको निर्वाचन पनि सम्पन्न भईसकेकाले केही दिन भित्रै प्रधानमन्त्री शेरबहादुर देउवाले पदबाट राजनीति दिने बताए । उनले संवैधानिक प्रावधान अनुसार सरकार गठनमा ढिलाई हुन गएको बताए ।

बिहीबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै मन्त्री थापाले बामगठबन्धनको नेतृत्वमा सरकार बन्ने भन्दै शुभकामना पनि दिएका छन् ।

मन्त्री थापाले प्रतिनिधिसभा समानुपातिक तर्फको निर्वाचन सार्वजनिक हुनेवित्तिकै नयाँ सरकार बन्ने संवैधानिक प्रक्रियाका बारेमा आफू जानकार रहेको बताए ।

मन्त्री थापाले राष्ट्रिय सभामा ३ जना सदस्य वर्तमान सरकारले नै सिफारिस गर्ने जानकारी दिए । उनले अब बस्ने मन्त्रीपरिषद बैठकले राष्ट्रिय सभामा मनोनित गर्ने ३ जना सदस्यको नाम सिफारिस गर्ने स्पष्ट पारे ।

५९ सदस्यीय राष्ट्रिय सभामा ३ जना सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनित गर्ने संवैधानिक व्यवस्था छ । मन्त्री थापाले सरकारले गरेका पछिल्ला निर्णयको विरोध गरिरहन नपर्ने बताए ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);