सरकार काम चलाउ भईसकेको छैन : उद्योग मन्त्री सुनिलबहादुर थापा | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

सरकार काम चलाउ भईसकेको छैन : उद्योग मन्त्री सुनिलबहादुर थापा

काठमाडौं, ११ पुस। उद्योग मन्त्री सुनिलबहादुर थापाले सरकार काम चलाउ भई नसकेको दावी गर्नु भएको छ ।

मन्त्री थापाले प्रधानमन्त्री शेरबहादुर देउवाले राजीनामा नदिएसम्म सरकार काम चलाउन नहुने तर्क गर्नु भएको हो । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले निर्वाचन सम्पन्न भईसकेकाले नयाँ सरकार बन्ने तयारी भईरहेको पनि स्पष्ट पार्नु भयो । मन्त्री थापाले नयाँ सरकारबाट जनताले ठूलो आशा गरेकाले सोही अनुसारको तयारी गर्न ढिलाई गर्न नहुनेमा पनि जोड दिनु भयो ।

कार्यक्रममा १० वर्ष भित्रमा मुलुक भित्रै रोजगारीको अवसर सृजना हुने गरी युवा उद्यमशील कार्यक्रम अघि बढाउन उद्योग मन्त्रालयले राष्ट्रिय युवा परिषदसँग समझदारी पनि गरेको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);