पशुपतिनाथ मन्दिर परिसरमा सवारी प्रवेशमा रोक | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

पशुपतिनाथ मन्दिर परिसरमा सवारी प्रवेशमा रोक

काठमाडौँ ११ पुस । पशुपतिनाथ मन्दिर परिसरमा सवारी प्रवेशमा रोक लगाइएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले विश्व सम्पदा सूचिमा सूचिकृत पशुपतिनाथ मन्दिर परिसरमा मंगलबारदेखि सवारी साधन प्रवेशमा रोक लगाएको हो ।

महानगरीय ट्राफिक प्रहरी महाशाखा, पशुपति क्षेत्र विकास कोष र काठमाडौँ महानगरपालिकाका पदाधिकारीको असोज ३० गते बसेको संयुक्त बैठकले पशुपति क्षेत्रभित्र सवारीसाधन निषेध गर्ने निर्णयअनुसार उक्त क्षेत्रमा सवारीसाधन प्रवेशमा निषेध गरिएको हो ।

आजदेखि विश्वसम्पदा सूचीमा सूचीकृत ऐतिहासिक, पुरातात्विक र धार्मिक महत्व बोकेको आराध्यदेव पशुपतिनाथको दर्शन गर्न जाने यात्रुलाई सहजरुपमा दर्शन गर्ने वातावरण मिलाउन चार शिवालय (वनकाली)देखि उत्तरतर्फको भागसम्म सवारीसाधन प्रवेश निषेध गरिएको हो ।

चार शिवालयदेखि उत्तर, जय वागेश्वरीबाट पूर्व र दक्षिणा मूर्तिबाट दक्षिणको भागलाई सवारीसाधन प्रवेश निषेधित क्षेत्रका रुपमा घोषणा गरिएको छ । जसमा दक्षिणा मूर्तिबाट मित्रपार्कसम्म जाने सवारीसाधनलाई एकतर्फी गरिएको छ ।

कोषले वनकाली चौरमा पार्किङ गर्ने व्यवस्था मिलाएको छ । शव वाहन, एम्बुलेन्स, दमकल र सुरक्षाकर्मीका अत्यावश्यक सवारीसाधनलाई भने रोक लगाइएको छैन ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);