असनमा चारपांग्रे सवारीसाधनको आवागमनमा रोक | ईमाउण्टेन समाचार

Our Network

चैत ३ २०८०, शनिबार

असनमा चारपांग्रे सवारीसाधनको आवागमनमा रोक

काठमाडौं,२ माघ । असनमा चारपांग्रे सवारीसाधनको आवागमनमा रोक व्यापार तथा ओहोरदोहोरमा सहज हुने विश्वास ।अतिव्यस्त व्यापारिक क्षेत्र असनमा आहोरदोहोरमा समस्या भएपछि काठमाडौं महानगरपालिकाले चारपांग्रे सवारीसाधनको प्रवेशमा रोक लगाएको हो । काठमाडौंको असन पुरानो व्यापारिक केन्द्र हो । नुनदेखि सुन किन्न असनमा बाह्रै महिना ग्राहकको भीड लाग्ने गरेको छ ।

अझ दशैं तिहारजस्ता पर्वका बेला त असनमा खुट्टा टेक्ने ठाउँ नै हुँदैन । मानिसको यस्तो भिडमा सवारीसाधन समेत गुडाईंदा असन सधैं अस्तव्यस्त हुने गरेको छ । पुरानो व्यापारिक केन्द्रको त्यहि अस्तव्यस्तता अन्त्य गर्न काठमाडौं महानगरपालिकाले असन क्षेत्रलाई चारपांग्रे सवारीसाधन मुक्त बनाउने अभियान सुरु गरेको हो ।

महानगरपालिकाले ट्राफिक प्रहरीसँग मिलेर असनमा चारपांग्रे सवारीसाधनको प्रवेशमा रोक लगाएको हो । सवारीसाधनको प्रवेश रोक्न असनका ठाउँठाउँमा ट्राफिक संकेतयुक्त बोर्डहरु राखिएका छन् । साँघुरा गल्ली रहेको असनमा किलमेल गर्नेको अत्यधिक भिडभाड लाग्ने हुँदा पैदलयात्रीले सास्ती खेप्दै आएका थिए ।

चारपांग्रे सवारीसाधनको प्रवेशमा रोक लगाइएकामा स्थानीयवासीदेखि सर्वसाधारणसम्मले खुशी व्यक्त गरेका छन् । सवारीसाधनको प्रवेशमा रोक लगाइएसँगै व्यापारीले व्यापार गर्न सजिलो हुने विश्वास व्यक्त गरेका छन् भने सर्वसाधारणले ओहोरदोहोर सहज हुने बताएका छन् ।

कतिपय व्यापारी र सर्वसाधारणले त चारपांग्रेका अलावा दुई पांग्रे सवारीसाधनको आवागमन पनि रोकिनुपर्ने बताएका छन् । काठमाडौं महानगरपालिका र ट्राफिक प्रहरीले यसअघि ठमेल र पशुपति मन्दिर परिसरमा चारपांग्रे सवारीसाधनको आवागमनमा रोक लगाएका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);