पशुपतिनाथ मन्दिर आसपासको क्षेत्रमा सवारी आवागममा रोक | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

पशुपतिनाथ मन्दिर आसपासको क्षेत्रमा सवारी आवागममा रोक

pashupati no entry

काठमाडौं,१ फागुन । शिवरात्रिलाई लक्षित गरेर पशुपतिनाथ मन्दिर आसपासको क्षेत्रमा सवारी आवागममा रोक लगाइएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले पशुपतिनाथ मन्दिरमा दर्शन गर्न आउने भक्तजनलाई सहज रुपमा दर्शन गरी फर्कने वातावरण निर्माण गर्न भन्दै आज मन्दिर आसपासको क्षेत्रमा सवारी आवागमनमा रोक लगाएको हो ।

महाशाखाले चावहिलबाट मित्रपार्क हुँदै गौशाला, पुरानो बानेश्वरबाट बत्तीसपुतली हुँदै गौशाला, ज्ञानेश्वर मैतीदेवी मोडबाट रातोपुल हुँदै गौशाला, द्वारिका होटल पछाडिको शाखा मार्गबाट गौशाला वनकाली र सिफल चौरबाट जयबागेश्वरीतर्फ सवारी आवागमनमा रोक लगाइएको बताएको छ । लामापोखरी कुटुवहालबाट मित्रपार्र्क, गौरीघाटबाट उमाकुण्ड तथा मित्रपार्र्क, तिलगंगाबाट गौशाला र जोरपाटी नारायणटारबाट वागमती करिडोर हुँदै गौरीघाटतर्फ पनि रोक लगाइएको छ  ।

महाशाखाले दर्शनका लागि आउने दर्शनार्थी र विदेशी पर्यटकका सवारी साधनलाई तिलगंगा, पासवाला सुरक्षा निकाय तथा सरकारी सवारी साधनलाई महानगरीय ट्राफिक प्रभाग गौशाला र पासवाहक सवारी साधनलाई पशुपति क्षेत्र विकास कोषको कार्यालयमा पार्किङको व्यवस्था गरिएको जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);