प्रचण्डले भने मेरो कारण पार्टी एकतामा अवरोध पुगेको छैन | ईमाउण्टेन समाचार

Our Network

भदौ २८ २०८३, सोमबार

चितवन, ११ पुष । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेर नै जिल्लामा आएको स्पष्ट पारेका छन् ।

कृषि तथा पशु विज्ञान अध्ययन संस्थान रामपुरले आज आयोजना गरेको प्रतिनिधिसभा र प्रदेशसभाका निर्वाचित सांसदहरुको सम्मानमा आयोजित बधाई तथा शुभकामना कार्यक्रममा अध्यक्ष प्रचण्डले पार्टी एकतालाई अवरोध पुग्ने गरी जिल्लामा आफू अल्मलिएर नबसेको बताएका हुन्।

उनले अब पार्टी एकता हुने समेत जानकारी दिएका छन् ।

दुई तीन दिनसम्ममा निर्वाचन आयोगले सबै काम टुङ्ग्याउने भएकाले आफू जिल्ला आएको उनले स्पष्ट पारे।

ताजा समाचार