भारतीय पत्रकारले बुझ्नेगरी हिन्दीमै बोल्छु : प्रचण्ड | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

भारतीय पत्रकारले बुझ्नेगरी हिन्दीमै बोल्छु : प्रचण्ड

prachanda-puspalal

काठमाडौं, २१ चैत । नेपालको राजनीति फेरिएको भन्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भारतलाई बुझाउन हिन्दीमा बोलेएको छ । कपिलवस्तुमा आयोजित जिल्लास्तरीय प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रममा प्रचण्डले आफू कपिलवस्तु आउने चर्चा भारतमा चलेको सुनायाे । ‘म कपिलवस्तु आउने चर्चा भारतमा चलेछ, लखनउतिर पनि प्रचण्ड आउँदैछ भन्ने चर्चा चलिरहेको रहेछ’– प्रचण्डले भने ।

भारतीय पत्रकारहरु पनि आफू सहभागी कार्यक्रममा आएका दाबी गर्दै प्रचण्डले उनीहरुलाई नेपालको राजनीतिक अवस्था बुझ्न सजिलो होस् भनेर हिन्दीमा भाषण गर्ने उद्घोष गरे । प्रचण्डले भने– ‘भारतीय पत्रकारहरुलाई पनि सुन्न सजिलो हुन्छ, कपिलवस्तुवासीसहित भारतीयलाई पनि बुझ्न सजिलो पक्कै हुनेछ त्यसैले मैले हिन्दीमै भाषण गर्छु ।’ त्यसपछि हिन्दीमा भाषण थाले प्रचण्डले ।

त्यसअघि नेपालीमा सम्बोधन गरेका प्रचण्डले नेपाली राजनीतिले कोल्टे फेरेको बताए । विशेषगरी काठमाडौंको राजनीति फेरिएको उनले बताए । नेपाली कांग्रेसले आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्ने निर्णय गरेपछि राजनीतिले कोल्टे फेरेको उनले बताए । साथीहरुले नयाँ सरकार गठन पहल गरिहाल भन्दाभन्दै आफू कपिलवस्तु आएको बताउँदै प्रचण्डले भने– ‘मलाई अलि हतार छ तैपनि म तपाईंहरुसँग छु, चाँडै फर्कनुपर्नेछ, काठमाडौं गएपछि नयाँ सरकार गठनको काम सुरु हुन्छ, सम्भवत चाँडै नै नयाँ सरकार बन्छ ।

आई. एन. ए.

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);