वैद्य–विप्लवको निश्कर्ष : माओवादी केन्द्र एमालेमा पतन, दुई पार्टीबीच एकताको पहल | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

वैद्य–विप्लवको निश्कर्ष : माओवादी केन्द्र एमालेमा पतन, दुई पार्टीबीच एकताको पहल

काठमाडौँ, ११ पुस। माओवादी केन्द्र एमालेमा पतन भएको निश्कर्षसहित मोहन वैद्य ‘किरण’ ले नेतृत्व गरेको नेपाल कम्युष्टि पार्टी क्रान्तिकारी माओवादी र नेत्र विक्रम चन्द ‘विप्लव’ ले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टीबीच पार्टी एकताको पहल शुरु भएको छ ।

दुई पार्टीका शीर्ष नेताहरुको उच्च स्तरीय बैठकले क्रान्तिकारी कम्युनिष्टहरु बीचको वैचारिक, राजनीतिक, संगठनात्मक एकीकरण तथा ध्रुवीकरण आवश्यक भएको निश्कर्षसहित पार्टी एकताका लागि पहल गर्ने निर्णय गरेको हो ।

दुई पार्टीका महासचिव किरण र विप्लवले जारी गरेको संयुक्त विज्ञप्तिमा राष्ट्रिय स्वाधिनता, जनतान्त्रिक अधिकार तथा पेशागत हकअधिकारको मुद्दामा संयुक्त संघर्ष र जनयुद्ध, शहिद सप्ताह र जनआन्दोलन लगायतका दिवस संयुक्त रुपमा मनाउने उल्लेख छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);