वैद्य–विप्लव एकताका लागि नजिकिँदै | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

वैद्य–विप्लव एकताका लागि नजिकिँदै

baidhaya n biplop

काठमाडौं, ६ चैत । नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य किरण र नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव पार्टी नजिकिँदै गएका छन् । एमाले माओवादी केन्द्र वामपन्थी गठबन्धन बनाई बलियो हुँदै गएपछि वैद्य र विप्लव एकताका लागि नजिकिन थालेका हुन् ।

तत्कालीन मूल पार्टी एकीकृत माओवादीबाट २–३ असार ०६९ मा बौद्ध भेलापछि वैद्यले आफ्नो नेतत्वमा नेकपा–माओवादी गठन गरेका थिए । प्रचण्डबाट छुट्टिएको दुई वर्षमै १५ मंसिर ०७१ मा वैद्यबाट अलग भई विप्लवले नेकपा माओवादी गठन गरेका थिए । वैद्य यथास्थितिवादी र जडसूत्रवादी आरोप लगाउँदै राजधानीको राष्ट्रिय नाचघरबाट विप्लवले नयाँ पार्टी घोषणा गरे । बहकावमा लागेर क्रान्ति नहुने भन्दै वैद्यले विप्लवले केटाकेटीपना देखाएको आरोप लगाए । यसरी विप्लव र वैद्यबीच मात्र नभई नेता कार्यकर्ता तहसम्म वर्ष दिनसम्म आरोप–प्रत्यारोप चल्यो । तर, पछिल्लो एक वर्षदेखि भने वैद्य–विप्लव एकताका लागि मिलनबिन्दु खोज्न थालेका छन् । दुवै पार्टीले कार्यगत एकता र पार्टीका विभिन्न कार्यक्रम संयुक्त रूपमा गर्दै आएका छन् ।

क्रान्तिकारी शक्तिसँग कार्यगत एकता
क्रान्तिकारी शक्तिहरूसँग कार्यगत एकतासँगै धु्रवीकरण गर्दै जाने नेताहरूले बताउने गरेका छन् । माओवादी केन्द्रले एमालेसँग पार्टी एकता गर्ने घोषणा गरेपछि वैद्य–विप्लवले सम्बन्धविच्छेद गरिसकेका छन् । एमाले माओवादी केन्द्र विचार कार्यदिशा र सांगठनिक सबै दृष्टिकोणले कम्युनिस्ट नभएको दुवै पार्टीको निष्कर्ष छ ।

पार्टी एकताका लागि दुवै दलभित्र छलफल भइरहेको क्रान्तिकारी माओवादीका उपाध्यक्ष सिपी गजुरेलले बताए । ‘अहिले फरक पार्टीमा भए पनि हामी पहिला एउटै स्कुलबाट आएका हौँ,’ उनले भने, ‘दुवै पार्टीबीच छलफल हुँदा एकता हुनेगरी सकारात्मक रूपमा अगाडि बढेको छ ।’

तर, तत्काल दुवै पार्टी एकता नै भइहाल्ने अवस्था भने नरहेको गजुरेलले बताए । ‘दुवै पार्टीको एमाले माओवादी, कांग्रेस, राप्रपा, मधेसवादी पार्टीलाई हेर्ने दृष्टिकोण समान छन्,’ उनले भने, ‘भारत अमेरिका चीनलगायत देशलाई हेर्ने विषय पनि लगभग समान छन् ।’ एकतापछि पार्टीको नेतृत्व, सांगठनिक संरचनाका विषयमा पनि खासै विवाद नभएको गजुरेलले बताए । अहिलेको व्यवस्था र संविधान नमान्ने विषयमा पनि वैद्य–विप्लवको समान धारणा छ ।

आगामी कार्यदिशामा मतभेद
नेकपा र क्रान्तिकारी माओवादीले लिने कार्यदिशा भने फरक रहेको गजुरेलको भनाइ छ । नेकपाले एकीकृत क्रान्ति र क्रान्तिकारी माओवादीले नयाँ जनवादी क्रान्ति मान्दै आएको छ । तर, नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य गुणराज लोहनीले धेरै विषय मिलिसकेकाले कार्यदिशामा पनि समस्या नहुने बताए । ‘हामीले आगामी कार्यदिशाका विषयमा एकपटक मात्र छलफल गर्‍यौँ,’ लोहनीले भने, ‘दुवै पार्टीको अनुकूल समय नमिलेका कारण कार्यदिशाका विषयमा छलफल गर्न पाएका छैनौँ । छलफल भएमा कार्यदिशाको विषयमा पनि निकास निस्कन सक्छ ।’ दुवै पार्टीले आ–आफ्नो कर्यादिशामा आउन अडान राखेका छन् । तर, कार्यदिशाकै विषयलाई लिएर धेरै छलफल तथा बहस हुन सकेको छैन ।

यसरी चल्दै छ कार्यगत एकता र संयुक्त कार्यक्रम
२५ माघ ०७३ मा माथिल्लो कर्णाली, अरुण तेस्रो र कोसी उच्च बाँधको विषयमा विरोध गर्दै क्रान्तिकारी माओवादी, नेपाल कम्युनिस्ट पार्टी र नेकपा मसालले संयुक्त रूपमा विरोध गरे । तीन पार्टीले माथिल्लो कर्णाली विषयमा, अरुण तेस्रोको विरोधमा पाँचथरमा र कोसी उच्च बाँधको विरोधमा मोरङमा विरोध कार्यक्रम गरे । यस्तै, गत २५ मा संयुक्त रूपमा विज्ञप्ति निकाल्दै दुवै पार्टीले सहिद सप्ताह र १ फागुनमा जनयुद्ध दिवस सँगै मनाए । सोहीअनुसार दुवै पार्टीले जनयुद्ध दिवस राष्ट्रिय सभा गृहमा मनाए । यस्तै, अन्तर्राष्ट्रिय नारी दिवस ५ मार्चमा दुवै पार्टीले शान्तिवाटिका कार्यक्रम आयोजना गरी मनाए । वैद्य–विप्लवले दोस्रो जनआन्दोलन दिवस २४ चैतमा राजधानीमा संयुक्त रूपमा मनाउने गृहकार्य भइरहेको बताएका छन् । आजको नयाँ पत्रिकामा खवर छ

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);