पार्टी एकताको प्रयासमा मोहनविक्रम, मोहन वैद्य र विप्लव | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

काठमाडौँ, १० भदौ । मोहनविक्रम सिंह नेतृत्वको नेकपा (मसाल), मोहन वैद्य नेतृत्वको क्रान्तिकारी नेकपा (माओवादी) र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबीच ध्रुवीकरण र एकताका लागि छलफल सुरु भएको छ। क्रान्तिकारी धारको प्रतिनिधित्व गर्दै तीन पार्टी ध्रुवीकरण हुँदै एकतामा जान लागेका हुन्।

वैद्यले मोहनविक्रमनिवासमा गत साता एकताका लागि पहिलोपटक प्रस्ताव लिएर गएका थिए । दुई नेताबीच भएको भेटमा छलफल र बहसलाई जारी राख्ने भन्दै छुट्टिएको क्रान्तिकारी नेकपा माओवादी प्रवक्ता हरिभक्त कँडेलले बताए।

 

तर, विप्लव र वैद्यले एकआपसमा एकताका लागि एकअर्कोले अपिल गर्दै आएका छन्। पछिल्लो समय वैद्य क्रान्तिकारी शक्तिसँग ध्रुवीकरण र एकताका लागि बाक्लै भेटघाट गर्न थालेका छन्। कँडेलले संसद्वादी शक्तिहरू बलिया हुँदै गएपछि क्रान्तिरकारी शक्ति कमजोर हुँदै गएको ठहर गर्दै केन्द्रीकृत र धु्रवीकृत हुन थालेको बताए, नयाँ पत्रिकामा खबर छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);