मानव बेचविखन तथा ओसारपसार रोक्न सरकार प्रयासरत : गृहमन्त्री थापा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

मानव बेचविखन तथा ओसारपसार रोक्न सरकार प्रयासरत : गृहमन्त्री थापा

Ram bahadur thapa-manavbech bikhan

काठमाडौं, २० भदौ । गृहमन्त्री रामबहादुर थापाले मानव बेचविखन तथा ओसारपसारजस्ता जघन्य अपराधका घटना हुन नदिन सरकारले कानुनी प्रयास गरिरहेको दावी गर्नु भएको छ ।

मानव बेचविखन तथा ओसारपसार विरुद्धको १३ औं राष्ट्रिय दिवसको अवसर पारेर शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा गृहमन्त्री थापाले मानव बेचविखन बढदै गएकोमा चिन्ता व्यक्त गर्नुभयो । उहाले यसको नियन्त्रणका लागि सरकारले गम्भिरतापूर्वक काम गरिरहेको दावी गर्नुभयो ।

कार्यक्रममा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले मानव बेचविखन तथा ओसारपसार विश्वमै बढदै गएको समस्या भएकाले यसलाई नियन्त्रण गर्न सशक्त र प्रभावकारी कदम चाल्न सरकार प्रतिवद्ध रहेको बताउनुभयो ।

मन्त्री थापाले सरकारले मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणको कामलाई प्रभावकारी बनाउने गरी यस विरुद्धको अभियानलाई राष्ट्रिय दिवसकै रुपमा मनाउने गरिएको पनि स्पष्ट पार्नु भयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);