प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई सुनिश्चित् गर्न सरकार प्रतिवद्ध छः मन्त्री शर्मा | ईमाउण्टेन समाचार

Our Network

जेठ २ २०८१, बुधवार

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई सुनिश्चित् गर्न सरकार प्रतिवद्ध छः मन्त्री शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले संवैधानिक व्यवस्था अनुसार प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई सुनिश्चित् गर्न सरकार प्रतिवद्ध रहेको बताउनु भएको छ ।

विश्व प्रेस स्वतन्त्रता दिवसको अवसर पारेर मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै नेपाल सरकारको प्रवक्ता समेत रहनु भएकी मन्त्री शर्माले पूर्ण प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सुनिश्चित हुने गरी सरकारले आम सञ्चारसँग सम्बन्धित नीति, कार्यक्रम, बजेट, नियमावली तर्जुमा गरी त्यसको व्यवहारिक कार्यान्वयनमा लैजान विशेष ध्यान दिएको पनि बताउन भयो । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता हर क्षण आवश्यक रहेकाले सरकारले त्यसको सुनिश्चित गरेर अघि बढनुको विकल्प नभएको उहाँको भनाई थियो ।

मन्त्री शर्माले मिडियाको प्रमोशनका लागि सरकारले केन्द्रित भएर काम गरिरहेको दावी समेत गर्नु भयो । उहाँले पत्रकारहरुको क्षमता अभिवृद्धिका लागि आम सञ्चार प्रशिक्षण प्रतिष्ठान बनाउने कुरालाई अघि बढाएको पनि बताउनु भयो । मन्त्री शर्माले सञ्चार क्षेत्रसँग सम्बन्धित कानुन निर्माणका लागि सम्बन्धित क्षेत्रका विज्ञहरुको सुझाव लिने गरी समितिनै बनाइएको स्मरण गराउनु भयो ।

मन्त्री शर्माले सञ्चार क्षेत्रलाई पनि अन्य उद्योग सरह बैंकबाट लोन लिएर काम गर्न सक्ने व्यवस्था सरकारले गरेको पनि उल्लेख गर्नु भयो । उहाँले सरकारी सञ्चार माध्यामलाई सरकारको भजनमण्डली बनाउनु हुन्न भन्ने मान्यताको आधारमा प्रशारणसम्बन्धि विधेयक अघि बढाइएको दोहो¥याउनु भयो । राजनीतिक स्वतन्त्रता र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता अन्तरसम्बन्धित विषय भएकाले त्यसको हनन् हुन नदिन सम्बन्धित सबै पक्ष सचेत हुनुपर्ने आवश्यक्ता औंल्याउनु भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);