बजेटमा कृषिलाई पहिलो प्राथमिकतामा राख्नुपर्नेमा उपेन्द्र यादवको जोड | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८१, बुधवार

बजेटमा कृषिलाई पहिलो प्राथमिकतामा राख्नुपर्नेमा उपेन्द्र यादवको जोड

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले आगामी वर्षको बजेटमा सरकारले कृषिलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने सुझाव दिनुभएको छ ।

मंगलवार सरकारले प्रश्तुत गरेका आगामी वर्षको बजेटका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै उहाँले यस्तो सुझाव दिनुभएको हो । उहाँले आर्थिक अवस्था सुधार गर्न सबैभन्दा पहिला कृषिमा लगानी बढाउनुपर्ने बताउनु भयो ।

उहाँले उत्पादनमुलक उद्योगहरुलाई सबलीकरण गर्ने, रुग्ण उद्योगलाई पुनः सञ्चालन गरेर मात्रै अहिलेको आर्थिक संकटको सामना गर्न सकिने बताउनु भयो । उहाँले पर्यटन क्षेत्रको प्रवद्र्धन गर्नसकेपनि केही मात्रामा आर्थिक समस्या समाधान गर्न सकिने बताउनु भयो ।

उहाँले हरित क्रान्ति कार्यक्रम लागू गर्नसके कृषि उत्पादनमा वृद्धि गर्न सकिने बताउनु भयो ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);