नयाँ सरकार गठनमा संवैधानिक जटिलता : थापा | ईमाउण्टेन समाचार

Our Network

वैशाख २७ २०८१, बिहीबार

नयाँ सरकार गठनमा संवैधानिक जटिलता : थापा

Kamal-Thapa-

काठमाडौं, २६ पुस । उपप्रधान एवम् उर्जामन्त्री कमल थापाले प्रमुख दलका शीर्ष नेताहरुको अदुरदर्शी सोचका कारण सरकार गठनमा संवैधानिक जटिलता उत्पन्न भएको आरोप लगाएका छन् ।

बुधबार रिपोर्टस क्लबको साक्षात्कारमा बोल्दै उपप्रधानमन्त्री थापाले संविधान बनाउने समयमा नेपाली कांग्रेस, एमाले र माओवादीका शीर्ष नेताले ध्यान पुर्याउन नसकेका कारण चुनाव पछिको सरकार गठनमा संबैधानिक जटिलता देखिएको हो । संघीय चुनाव पछिको सरकार गठन प्रक्रियाका बारेमा संविधान बनाउने समयमै ध्यान दिन नसक्दा उत्पन्न संबैधानिक जटिलता भएकाले कसैले कसैलाई दोष दिनुको औचित्य नरहेको उनको तर्क थियो ।

उपप्रधानमन्त्री थापाले बामगठबन्धनले सरकारलाई सहयोग गर्नुको सट्टा गैह्र जिम्मेवार ढंगले खोचे थाप्ने र निहुँ खोज्ने काम गरेको आरोप लगाए । सहमतिमा नै प्रदेश प्रमुख र प्रदेशको अस्थायी राजधानी तोक्ने प्रधानमन्त्री शेरबहादुर देउवाको प्रयासलाई वामगठबन्धनले असहयोग गरेको उनको भनाई थियो ।

जनताले वाम गठबन्धनको सरकार गठनको म्याण्डेट दिएको उल्लेख गर्दै उपप्रधानमन्त्री थापाले त्यसो हुन नसके मुलुक अस्थिरतामा धकेलिने बताए । चुनावमा जानुपुर्व नै अबको सरकार स्थिर हुने भनेर आश्वासन बाँडेकाले त्यसो हुन नसके जनता प्रति धोका हुने उनको तर्क थियो ।

राप्रपाका अध्यक्ष समेत रहेका उपप्रधानमन्त्री थापाले पशुपतिशमशेर जबरा र डा. प्रकाशचन्द्र लोहनीलाई पनि पार्टी एकतामा आउन आव्हान गरे ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);