हिन्दू राष्ट्र घोषणा गर्न माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र | ईमाउण्टेन समाचार

Our Network

वैशाख ५ २०८१, बुधवार

हिन्दू राष्ट्र घोषणा गर्न माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र

kamal thapa-pradhanmantri oli

काठमाडौं, ७ फागुन । कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीले मुुलुकलाई हिन्दु राष्ट्र घोषणा गर्न माग गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र बुझाएको छ । मंगलबार पार्टीका अध्यक्ष कमल थापाले प्रजातन्त्र दिवसको अवसर पारेर मुलुकमा हिन्दु राष्ट्र कायम गर्नुपर्ने, संघीयता खारेज गर्नुपर्ने लगायतका माग राखि प्रधानमन्त्री ओलीलाई ज्ञापन पत्र बुझाएका हुन् ।

प्रधानमन्त्री ओलीलाई बुझाइएको ज्ञापन पत्रमा धर्म निरपेक्षताको तत्काल खारेजी गर्न र राजसंस्थासहितको प्रजातन्त्रका लागि सर्वपक्षीय गोलमेच सम्मेलन आयोजना गर्न माग गरिएको छ ।

ज्ञापन पत्र बुझ्दै प्रधानमन्त्री ओलीले राष्ट्रिय स्वार्थमा केन्द्रित भएर अघि बढन सबै राजनीतिक दलहरुलाई आग्रह गरेका थिए । उनले दलीय स्वार्थभन्दा माथि उठेर मुलुकको हितमा केन्द्रित हुने सबै गतिविधिलाई सरकारले साथ दिने बताए ।

यहाँले मुलुकको सार्वभौमसत्ता, राष्ट्रिय स्वाधिनता र अखण्डताको रक्षा गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै अघि बढन सरकार क्रियाशील रहेको पनि उल्लेख गरे ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);