दलित मुक्तिसँग सम्बन्धित कानुन निर्माण गर्न ध्यानाकर्षण | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

दलित मुक्तिसँग सम्बन्धित कानुन निर्माण गर्न ध्यानाकर्षण

krishana bdr mahara

काठमाडौं, ९ मंसिर । प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महराले दलित मुक्तिसँग सम्बन्धित कानुन तत्काल निर्माण गर्न सरकारको गम्भिर ध्यानाकर्षण गराएका छन् ।

सभामुख महराले संवैधानिक व्यवस्था अनुसार दलित मुक्तिसँग सम्बन्धित सबै कानुन निर्माणका लागि आवश्यक विधेयक संसदमा पेश गर्न ढिलाई नगर्न पनि सरकारलाई सचेत गराए ।

आईतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै ‘दलित नेतृत्व, संघर्ष र सफलता’ नामक पुस्तकको बिमोचन गर्दै उनले दलित मुक्तिसँग सम्बन्धित सबै कानुन ल्याउन सरकार र संघीय संसदलाई दवाव दिन पनि दलित अधिकारकर्मीहरुलाई आग्रह गरे ।

दलितहरुको मुक्ति आन्दोलन पूर्ण नभएको उल्लेख गर्दै सभामुख महराले त्यसका लागि संघर्ष जारी राख्न पनि सम्बन्धित सबै पक्षलाई सचेत गराएका छन् ।

सभामुख महराले संवैधानिक व्यवस्था अनुसार कानुन निर्माण भए÷नभएको कडा निरागानी राख्न पनि सम्बन्धित निकायका विज्ञहरुलाई सुझाव दिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);