समानुपातिकतर्फ रामेछापमा एमाले पहिलो पार्टी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

रामेछाप, २६ मंसिर । प्रतिनिधिसभा तथा प्रदेशसभा चुनाव अन्तर्गत समानुपातिकतर्फको मतगणना सकिएको छ ।

समानुपातिक तर्फको मत परिणामअनुसार प्रतिनिधि र प्रदेशसभा दुवैमा नेकपा एमाले पहिलो, नेपाली कांग्रेस दोस्रो र नेकपा माओवादी केन्द्र तेस्रो पार्टी भएको छ । रामेछाप जिल्लामा खसेको ८९ हजार ५ सय ८७ मत गणना हुँदा प्रतिनिधिसभातर्फ नेकपा एमालले २६ हजार ८ सय ५२ मत सहित विजयी भएको छ । नेपाली कांग्रेसले २६ हजार २ सय २७ मत सहित दोसा्रे स्थान हासिल गरेको छ भने नेकपा माओवादी केन्द्रले १९ हजार ४ सय ३७ मत प्राप्त गरेका छन् ।

प्रदेशसभामा पनि नेकपा एमाले नै पहिलो बनेको छ । एमालेले २६ हजार १ सय २ मत, नेपाली कांग्रेसले २३ हजार ८ सय ६६ मत र नेकपा माओवादी केन्द्रले १८ हजार ७ सय ४८ मत प्राप्त गरेका छन् ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);