निर्वाचनमा सरकारको भूमिका सराहनिय : आयोग | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

काठमाडौं, २६ मंसिर । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सम्पन्न गराउन नेपाल सरकारले खेलेको भूमिका गर्व गर्न लायक रहेको जनाएको छ ।

प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले सुरक्षा चुनौतिका बीच पनि आम मतदातालाई सुरक्षाको पूर्ण प्रत्याभूति गराएर प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सफलतापूर्वक सम्पन्न गराउने नेपाल सरकारको भूमिका गर्व गर्न लायक रहेको बताए । मंगलबार निर्वाचन पर्यवेक्षकहरुको निर्वाचनसम्बन्धि समिक्षा कार्यक्रममा बोल्दै उनले निर्वाचनमार्फत् आम नेपाली जनताले लोकतन्त्र, संघीयता र संविधान कार्यान्वयनमा देखाएको चासोप्रति पनि आभार व्यक्त गरे ।

 

पहिलो चरणको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा ६५ प्रतिशत मत खसेको थियो भने दोस्रो चरणको निर्वाचनमा ६८ दशमलव २ प्रतिशत मत खसेको थियो । प्रमुख निर्वाचन आयुक्त यादवले दुवै चरणको निर्वाचनमा आम मतदाताको उल्लेख्य सहभागिता रहेको दावी समेत गरेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);