पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता हुँदैन : निगम | ईमाउण्टेन समाचार

Our Network

चैत २८ २०८०, बुधवार

पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता हुँदैन : निगम

Nepal-oil-Nigam

काठमाडौं, २१ पुस । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता नहुने स्पष्ट पारेको छ । निगमका प्रवक्ता दिपक बरालले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन नसकिने बताएका छन् ।

पछिल्लो पटक वृद्धि गरिएको पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन चौतर्फी दवाव दिईरहँदा निगमले भने त्यसो गर्न नसकिने अडान लिएको हो ।

शुक्रबार काठमाडाैँमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै प्रवक्ता बरालले अन्तराष्ट्रिय मापदण्ड अनुसार वृद्धि गरिएको मूल्य फिर्ता लिन नमिल्ने तर्क गरेका छन् । यद्यपी उनले सरकारले पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिन निर्देशन दियो भने मान्न आफूहरु बाध्य हुने बताएका छन् ।

नेपाल आयल निगमले जाडो याम सुरु भएसँगै खाना पकाउने एलपी ग्याँसको माग बढेकाले बजारमा यसको मूल्य बढ्न गएको पनि जनाएको छ । निगमका प्रवक्ता बरालले पेट्रोलियम पदार्थको मूल्य वृद्धि अन्तराष्ट्रिय मूल्यसँग सम्बन्धित भएकाले निगम एक्लैले केही गर्न नसक्ने बताए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);