प्रधानमन्त्रीको निर्देशनपछि नबढ्दै घट्यो पेट्रोलियम पदार्थको मूल्य | ईमाउण्टेन समाचार

Our Network

असोज ३० २०८३, शनिबार

काठमाडौं, १६ कार्तिक । प्रधानमन्त्री शेरबहादुर देउवाले एक्कासी तेलको मुल्य बढाएको भन्दै तत्काल रोक्न निर्देशन दिएका छन्। निर्वाचनको मुखमा आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवाले तत्काल मुल्य घटाउन निर्देशन दिएका हुन्।

प्रधानमन्त्रीले मूल्यवृद्धि तत्काल फिर्ता लिन निर्देशन दिएपछि विहीबार बिहानै आयल निगमको आकस्मिक बैठक बोलाएर मुल्य वृद्धि फिर्ता लिईएको आयल निगम स्रोतले जनाएको छ। निगमले बुधबार पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर २ रुपैयाँ तथा एलपी ग्यासमा प्रति सिलिण्डर २५ रुपैयाँ बढाएको थियो।

ताजा समाचार