महिलाले सञ्चालन गरेको सहकारी संस्था पूर्वकै नमुना बन्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३ २०८१, सोमबार

महिलाले सञ्चालन गरेको सहकारी संस्था पूर्वकै नमुना बन्दै

उदयपुर, २१ पुष । उदयपुरको चौदण्डीगढी नगरपालिका–५, सुन्दरपुरका महिलाले सञ्चालन गरेको महिला साना किसान कृषि सहकारी संस्था पूवकै नमुना सहकारी बन्दै गएको छ ।

२०६१ सालमा तीन सय ३३ महिलाले समूह निर्माण गरी स्थापना गरेको महिला सहकारी संस्थामा हाल एक हजार ७ सय ६२ जना सदस्य छन् । संस्थाले महिलाको आयआर्जनका लागि विभिन्न पेसा र व्यवसाय सञ्चालन गर्न, पेसाको अवस्था हेरेर हालसम्म १५ करोड २४ लाख ६२ हजार रुपैयाँ ऋण लगानी गरिसकेको छ ।

व्यवसायको अवस्था हेरेर ५० हजारदेखि ५ लाखसम्म ऋण लगानी गर्दै आएको सहकारीमा दैनिक औसत ५ लाख रुपैयाँ निक्षेप संकलन हुँदै आएको छ भने दैनिक करिब १० लाख रुपैयाँ व्यापार, पशुपालन, कृषिलगायत क्षेत्रमा ऋण लगानी हुने गरेको छ ।

कर्जा असुली दर सतप्रतिशत रहेको सहकारीले स्थापनादेखि हालसम्म साधारण सदस्यहरूबाट ७ करोड निक्षेप संकलन गरिसकेको छ । सहकारीले साना किसान बैंकबाट ऋण ल्याएर सदस्यहरूको हितमा कर्जा प्रवाह गरिरहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);