सहकारीलाई व्यापार बनाएको सरोकारवालाहरुको टिप्पणी | ईमाउण्टेन समाचार

Our Network

कार्तिक १७ २०८३, मंगलबार

सहकारीलाई व्यापार बनाएको सरोकारवालाहरुको टिप्पणी

काठमाडौं, २२ पुष । राष्ट्रिय सहकारी महासंघले शनिबार राजधानीमा गरेको कार्यशाला गोष्ठीका सहभागीले सहकारी संस्था संचालन सम्बन्धी अन्तराष्ट्रिय मुल्य र मान्यताबाट संचालकहरु विच्चलि भएकाले सहकारी संस्थाप्रति सर्वसाधरणको आस्था र विश्वास घट्दै गएको भन्दै सिद्धान्त निष्ठामा कायम हुनुपर्नेमा जोड दिएका हुन् । सहकारी उत्पादनमा जानुपर्छ भन्ने मान्यता सहकारी संस्थाले लिएको भएपनि नेपालका कतिपय सहकारी संस्था संचालकले संस्थालाई पैसा किन्ने र बेच्ने माध्यम बनाएकाले यसले जनविश्वास गुमाउदै गएको भन्दै उनीहरुले प्रचलित ऐन नियम र मुल्यमान्यतामा रहनुपर्ने आवश्यकता औल्याए ।

सहकारी संस्थाका लागि निक्षेप अनिवार्य आवश्यता रहेको उल्लेख गर्दै सहभागीले निक्षेपको सही र व्यवस्थित परिचालन को साथै आर्थिक अनुशासनमा रहनु मुख्य चुनौति भएको बताए । सहकारी संस्था संचालनका सम्बन्धमा विगतमा भएको खुकुलो र अस्पष्ट नितिका कारण सर्वसाधरणको निक्षेप हिनामिना भएको भन्दै उनीहरुले गुमेको विश्वास आर्जन गर्नका लागि विद्यमान ऐनको पुर्ण कार्यान्वयन गरिनुपर्नेमा जोड दिए ।

सहकारी संघ संस्थाको सुदृढीकरण तथा व्यवसायीक प्रवद्र्धन गर्दै उत्पादनमुलक क्षेत्रमा सक्रिय बनाउने उद्देश्य सहित गरिएको कार्यशाला गोष्ठीका आयोजक राष्ट्रिय सहकारी महासंघका राष्ट्रिय उपाध्यक्ष मिनराज कँडेलले सहकारी ऐनले धेरै बाटो खुल्ला गरेकाले विस्तारै यस क्षेत्रमा देखिएको समस्या कम हुदै जाने विश्वास गरे ।

ताजा समाचार