५ सय बढी सहकारी समस्याग्रस्त | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

५ सय बढी सहकारी समस्याग्रस्त

काठमाडौं,१ फागुन । पछिल्लो समय ३१ हजार सहकारीमध्ये अहिले करिव ५ सय भन्दा बढी सहकारी समस्याग्रस्त देखिएका छन् । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अध्यक्ष दाहालले देशभर करिव ५ सय सहकारी संस्थामा समस्या देखिएको बताउनु भयो । उहाँले समस्या देखिएका १५ सहकारीलाई सरकारले समस्याग्रस्त सहकारी घोषणा गरेको बताउनु भयो । उहाँले १५ मध्ये ३ सहकारीको समस्या समाधान भएको बताउनु भयो ।

गत आर्थिक वर्षको आर्थिक सर्वेक्षणअनुसार देशभर ३० हजार ८७९ सहकारी संस्था छन् । शेयर सदस्य संख्या ७३ लाख ३७ हजार २५२ सेयर सदस्य छन्  । यी सहकारीमा ९४ अर्ब १२ करोड शेयर पुँजी छ भने सहकारी विभागकाअनुसार ६ खर्ब ९४ अर्ब रुपैयाँ भन्दा बढी सहकारीमा वचत परिचालन भएको छ  । ८ खर्ब १९ करोड ६० लाख रुपैयाँ कर्जा प्रवाह भएको छ । सरकारले सहकारीलाई नियन्त्रण गर्नमा कुनै चासो भने देखाएको छैन ।

सहकारी समस्या समाधानको लागि विभिन्न समयमा भएका कार्यदल तथा समितिहरुले दिएका सुझावहरु समेत कार्यान्वयन गर्नेतर्फ सरकार उन्मुख भएको देखिँदैन । सहकारी क्षेत्रलाई सरकारले पूर्ण रूपमा बेवास्ता गर्दा सहकारीमा अझ भद्रगोल बढ्दै गएको छ । सहकारी संस्थाभित्रको चरम बेथितिका बाबजुद पनि सरकारले नियमन गर्ने निकाय गठन गर्न सकेको छैन ।

पछिल्लो समय ठूला भनिएका सहकारी संस्थाहरूमा नै बदमासी भएको तथ्यहरु बाहिर आइरहेको छ । काठमाडौंको ओरिएन्टल सहकारीबाट शुरु भएको ठूलो रकम हिनामिना सिभिल सहकारी हुँदै गौतमश्री, ललितपुरमा देउराली र पूर्व धरानमा बराह सहकारी, पोखरामा सूर्यदर्शनदेखि सयौँको संख्यामा सहकारीका बचतकर्ताको रकम हिनामिना गरिएको खुल्दै आएको छ ।

पछिल्लो समय श्रृंखलाबद्ध एकपछि अर्को सहकारी समस्यामा परेपछि जनताको तीन खर्बभन्दा बढी रकम हिनामिना भएको अनुमान गरिएको छ । पछिल्लो समय सहकारी संस्था समस्यामा पर्ने क्रम बढेसँगै वचत झिक्नेको ओइरो नै लाग्ने गरेको छ । वचतकर्ताको रकम फिर्ता गर्न नसक्ने अवस्थामा अधिकांश सहकारी पुगेका छन् भने निक्षेप राख्नेक्रम समेत ठप्प जस्तै छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);